मुख्यमन्त्री कार्कीद्वारा छठको शुभकामना

विराटनगर, २२ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेश तथा विदेशमा रहेका दाजुभाई, दिदीबहिनीमा छठको शुभकामना व्यक्त गरेका छन् ।
आज जारी शुभकामना सन्देशमा उनले संस्कृति र रीतिरिवाजको संरक्षणबाट आपसी सद्भाव र एकतालाई मजबुत बनाउन मद्दत मिल्ने बताएका छन् ।
सन्देशमा उनले भनेका छन्,“ सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न तथा आपसी सद्भाव सुदृढ तुल्याउन छठपर्वका माध्यमबाट प्रेरणा मिल्ने अपेक्षा गरेको छु” ।
छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम रही भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पत्र गरिन्छ ।