एकैदिन ४ हजारले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं, २२ कात्तिक । नेपाली बजारमा आज सुनको भाउमा ह्वात्तै गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोलामा ४ हजार रुपैयाँले गिरावट आएको हो ।
आज छापावाला सुन प्रतितोला एक लाख ६४ हजार ५ सय रुपैँया कायम गरिएको छ ।
अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ।
हिजो प्रतितोला दुई हजार १५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १९ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।