जागरणसभाले सडकमा फोहोर गरेको भन्दै एमालेलाई एक लाख रुपैयाँ जरिवाना
_hVniOvkN35_lxpqyfbuwtii6xzhatmgzabehzzfls4woaufon9xl43kjyxpbtkxbvl6d75v_yb7k5piCHQ_gorjpp6cxmcid54w7rr7fcmclpd4yuvcitbbsreifqdhq4ws9rzsr85iel8e.jpg)
काठमाडौं, ७ मंसिर । काठमाडौं महानगरपालिकाले जथाभावी सडकमा फोहोर गरेको भन्दै सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ ।
आज (शुक्रबार) दरबारमार्गमा जागरण सभाकाक्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको छ ।
पत्रको व्यहोराअनुसार, फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना तोकिएको हो ।
नगर प्रहरी निरीक्षक लिलाराज गाछाले हस्ताक्षर गरेको पत्रअनुसार एमालेले अब महानगरपालिका जरिवाना रकम तिर्नुपर्नेछ ।
यस्तो छ महानगरको पत्रः