बिहीबार १५ फागुन, २०८१

पौने ४ किलो सुनसहित ४ विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

पौने ४ किलो सुनसहित ४ विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

काठमाडौं, १५ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले पौने ४ किलो बढी सुनसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

गएराति दुवईबाट फलाइ दुवईको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका  चार जना उज्वेकिस्तानी नागरिकलाई ३ किलो ७४५ ग्राम सुनसहित पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा उज्वेकिस्तानी नागरिकहरु अख्माद जानोभना दिलफुजा मारिफअलिभ, इजराइलोभना साओदत फेजिभा, गुलाम्दजानोभन उमिद अख्मेदोभ र सरदोर त्रुस्अनोभ छन् । उनीहरु मध्ये ३ महिला र एक पुरुष हुन् ।

प्रहरीले दिएको जानकारी अनुसार उनीहरुले मलद्वारमा सुन लुकाएर ल्याएका थिए। पक्राउ परेका उनीहरुलाई आबश्यक कारबाही र अनुसन्धानका लागि सम्बन्धित कार्यालय पठाइएको विमानस्थल प्रहरीले जानकारी दिएको छ।