बिहीबार १५ फागुन, २०८१

सामाजिक सञ्जालले समाजको सुखी खोसिरहेको छ : प्रधानमन्त्री

सामाजिक सञ्जालले समाजको सुखी खोसिरहेको छ : प्रधानमन्त्री

काठमाडौँ, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालले समाजको खुसी खोसिरहेको बताएका छन् ।

आज काठमाडौँमा डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले डिटिजल युगमा अपराधीह यसको सहायताबाट अपराध गर्न उद्दत भइरहेको बताए ।

प्रविधिले सुविधा दिएसँगै यसबाट अनुचित लाभ लिन खोज्ने र अपराध गर्नेहरु पनि रहेको उनले बताए । यही विषय नै चुनौती भएको भएको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले अहिले प्रविधि राज्य र समाजका लागी चुनौती भएको बताएका छन् । उनले अहिले प्रविधिको सहायतामा सञ्चालित सामाजिक सञ्जालहरु सभ्य समाज र राज्‍यका लागि अवरोध भएर आएको बताए ।

उनले समाजको खुसीका लागि पनि सामाजिक सञ्जालहरू बाधा बनिरहेका बताए । उनले भने, ‘मानिसहरू क्षणि रुपमा खुसी भए पनि सामाजिक सञ्जालले समाजको खुसी खोसिरहेको छ ।’,