शुक्रबार ३० जेठ, २०८२

तोलामा एक हजार चार सयले घट्यो सुन

तोलामा एक हजार चार सयले घट्यो सुन

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बिहीबारको तुलनामा आज तोलामा रु एक हजार चार घटेको छ । चाँदीमा भने प्रतितोला रु पाँचले वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ८ सय  कायम भएको छ। त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९६० मा बेचबिखन भइरहेको छ। बिहीबार प्रतितोला सुन रु एक लाख ९२ हजार दुई सय  र त्यति नै परिमाणको चाँदी रु एक हजार नौ सय ५५ मा खरिदबिक्री भएको थियो। 

 अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार तीन सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।