शुक्रबार ३० जेठ, २०८२

अब तलमाथि हुँदैन, दुई-चार दिनमै नयाँ गभर्नर पाउँछौं : सञ्चारमन्त्री गुरुङ

अब तलमाथि हुँदैन, दुई-चार दिनमै नयाँ गभर्नर पाउँछौं : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गभर्नर छिट्टै नियुक्ति हुने बताएका छन् ।

मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बिहीबार सिंहदरबारमा मन्त्री गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर दुई—चार दिनभित्रै नियुक्ति हुने बताएका हुन् ।

‘अब तलमाथि नभइकन दुई, चार दिनमै हामीले नयाँ गभर्नर पाउँछौं,’ उनले भने ।

मन्त्री गुरुङले उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिबाट डा. विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बनेकाले सरकारले महाप्रसाद अधिकारी सदस्य र डा. पोषराज पाण्डे सदस्य रहेको तीन सदस्य सिफारिस समिति गठन गरेको जानकारी दिए ।

‘काम चाँडो भन्दा चाँडो सम्पन्न गर्न हामीले फेरि पुनःगठन गरेका छौँ । मन्त्रीज्युको संयोजकत्वमा महाप्रसाद अधिकारी सदस्य र डा. पोषराज पाण्डे सदस्य रहनुभएको तीन सदस्य सिफारिस समिति गठन भएको छ,’ उनले भने ।

मन्त्री गुरुङले हिमाली देशहरू जलवायु परिवर्तनका कारण बढी प्रभावित भएको अवस्थामा सगरमाथा संवादले विश्वको ध्यान केन्द्रित गर्दै विश्वव्यापी एजेण्डा स्थापित गर्ने विश्वास व्यक्त गरे ।