शुक्रबार ३० जेठ, २०८२

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं । सरकारले नेपाल कृषि अनुसन्धान परिषद्को पुनसंरचना गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले यसका लािग गोविन्दराज पोखरेलको संयोजकत्वमा इश्वरी कडरिया र डा. यज्ञ गजाधर खड्का रहेको उच्चस्तरीय पुनसंरचना समिति गठन गरिएको जानकारी दिए

बैठकले नेपाल प्रहरीका बरिष्ठ नायव निरिक्षकहरूको तलबमान तथा ग्रेड समायोजन गर्ने निर्णय पनि गरेको छ ।

सहकारी नियमन प्राधिकरणको आर्थिक वर्ष २०८१/८२ को लागि अधिकृतस्तरको ३१ पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि भएको प्रवक्ता गुरुङले जानकारी दिए ।

मन्त्रिपरिषद्ले दमक भ्यू टावर हाललाई शुल्क लिई सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ भने औद्योगिक सम्पत्ति सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा प्रस्तुत गर्न समेत स्वीकृति दिएको छ ।