सिप्रदी ट्रेडिङ्ग प्रा.लि. द्वारा इटहरीमा टाटा Yodha 1.5T को भव्य सार्वजनिक कार्यक्रम सम्पन्न
इटहरी । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले टाटा Yodha 1.5T को क्षेत्रीय लञ्च कार्यक्रम इटहरी मा भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि श्री राम स्वरूप शर्मा, उपाध्यक्ष – सुनसरी उद्योग वाणिज्य संघ रहनु भएको थियो। उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, "टाटाका गाडीहरू नेपालको भौगोलिक अवस्थाका लागि अत्यन्तै उपयुक्त छन्। टाटा Yodha टिकाउ, किफायती र भरपर्दो सवारी हो। साथै बिक्रीपछिको सेवा पनि उत्कृष्ट रहेको छ।
कार्यक्रममा विशेष अतिथिको रूपमा निम्न प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो:
श्री अशोक जैन – सचिव, सुनसरी उद्योग वाणिज्य संघ
श्री मनोज कुँवर – अध्यक्ष, सुनसरी कुखुरा व्यवसायी संघ
श्री जितेन्द्र दाहाल – अध्यक्ष, प्रशोधित पानी उत्पादक संघ
श्री राजेश खनाल – अध्यक्ष, वितरक संघ, इटहरी
श्री राजेन्द्र राई – अध्यक्ष, मदिरा विक्रेता संघ, इटहरी
कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकाल ज्यूले भन्नुभयो, “सिर्जनशील प्रविधि,भरपर्दो गाडी र सशक्त सेवा सञ्जालको संयोजन नै सिप्रदी र टाटा Yodha को विशेषता हो। हाम्रो उद्देश्य केवल गाडी बिक्रीमा सीमित छैन, हामी ग्राहकहरूसँगको विश्वास र दीर्घकालीन सम्बन्ध निर्माणमा केन्द्रित छौं। टाटा Yodha 1.5T जस्तो टिकाउ, शक्तिशाली र किफायती सवारी साधनले नेपाली व्यवसायीहरूलाई दैनिक सञ्चालनमा विश्वास र लाभ दुवै दिनेछ भन्ने हाम्रो दृढ विश्वास छ।
सिप्रदीले देशैभर फैलिएको आफ्नो सेवा तथा पार्ट्स नेटवर्कमार्फत ग्राहकहरूलाई सहज सेवा उपलब्ध गराउँदै आएको छ। हामी हाम्रा प्रत्येक ग्राहकको व्यवसायिक यात्रा सफल बनोस् भन्ने उद्देश्यले साथ दिन सधैं तयार छौं। आजको यो लञ्च कार्यक्रममार्फत हामी फेरि एकपटक प्रतिबद्ध हुँदैछौं, सिप्रदी ग्राहकको भरोसायोग्य सहयात्री मात्र होइन, व्यवसायको प्रगतिको साझेदार हो।”
टाटा Yodha 1.5T का प्रमुख विशेषताहरू:
✅ शक्तिशाली 3L (2956 CC) डीजल इन्जिन – २५०Nm टर्क सहित
✅ १५०० किलोग्राम (1.5 टन) सम्मको भार वहन क्षमता
✅ ३०% ग्रेडिएबिलिटी – अप्ठ्यारा बाटाहरू सहज पार गर्न सक्षम
✅ मजबुत बनावट, उच्च ग्राउन्ड क्लियरेन्स र आरामदायी ड्राइभिङ्ग अनुभव
✅ ४x२ तथा ४x४ विकल्पमा उपलब्ध
सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले टाटा Yodha 1.5T मार्फत व्यवसायिक प्रयोजनका लागि अझ सक्षम, टिकाउ र लागत-प्रभावी समाधान प्रदान गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ ।
