शनिबार ०३ साउन, २०८२

एयर इण्डियाको दुर्घटनाग्रस्त विमानमा छैनन् नेपाली : दूतावास

एयर इण्डियाको दुर्घटनाग्रस्त विमानमा छैनन् नेपाली : दूतावास

काठमाडौं । लण्डन जाँदै गरेको एयर इण्डियाको विमानमा सवार २४२ जना मध्ये कोही पनि नेपाली नागरिक नरहेको खुलेको छ ।

विमान दुर्घटना भएलगत्तै नेपाली नागरिक समेत सवार हुनसक्ने आशंकामा दिल्लीस्थित नेपाली दूतावासले भारतीय अधिकारीहरुसँग समन्वय गरेको थियो ।

दूतावासका कन्सुलर सन्जिव शर्माले अनलाइनखबरसँग भने, ‘त्यस क्रममा भारतीय अधिकारीहरुले विमानमा नेपाली नागरिक नरहेको जानकारी गराएका छन् ।’ उनका अनुसार भारतीय अधिकारीहरुले विमानमा सवारहरुको सूची समेत पठाएका छन् ।

सूची अनुसार विमानमा भारतीय, बेलायती, क्यानेडियन र पोर्चुगिज नागरिकहरु सवार थिए ।