प्रचण्डसँगको भेटमा सभामुखले सम्झिए टीआरसी
_gMXMuWuEWT_cbrqu5uqhy7cfmvxavinkibzav00lq2y9vgah5k3hdvwgya6qadiyoxlzfkz_GzLjEbvmEK_qcdh4wmegx8e52ehni4hkdy0vdgpofd0qcmqj2e8qmjbnxlzoziuuiywojk9.jpg)
काठमाडौं । सभामुख देवराज घिमिरेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टीआरसी विधेयक स्मरण गराएका छन् ।
बिहीबार भएको उनीहरूको भेटवार्ताका क्रममा टीआरसी विधेयक सहमतिमा पास भएको स्मरण गर्दै संसद्मा जारी गतिरोध अन्त्यका लागि भूमिका खेल्न सभामुख घिमिरेले प्रचण्डलाई आग्रह गरेका हुन् ।
टीआरसी विधेयक सम्झाउँदै सभामुख घिमिरेले अहिले पनि बजेट लगायतका विभिन्न विधेयकमाथि समेत छलफल गर्नुपर्ने अवस्थामा सदन खुलाउनुपर्ने बताएका थिए ।
जवाफमा प्रचण्डले आफूले सक्दो पहल गर्ने बताएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले सदन अवरोध गर्दै आइरहेका छन् ।
रास्वपा कार्यबाहक प्रवक्ता मनीष झाका अनुसार, भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरू सहमत भएका छन् ।
यद्यपि, सत्तापक्षसँग सहमति भने जुटिसकेको छैन ।