शनिबार ०३ साउन, २०८२

आफताब आलमलाई सफाइ दिने न्यायाधीशलाई इजलासमै कालोमोसो

आफताब आलमलाई सफाइ दिने न्यायाधीशलाई इजलासमै कालोमोसो

काठमाडौं । नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई मोसो प्रहार गरेका छन् ।

उनीहरूले इजलासमै पुगेर न्यायाधीश थारुमाथि मोसो प्रहार गरेका हुन् । मोसो प्रहार गरेलगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

थारुसहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो ।