मंगलबार २३ मंसिर, २०८२

११० मेडिकल अधिकृतले गरे नियुक्ति पत्र लिन अस्वीकार

११० मेडिकल अधिकृतले गरे नियुक्ति पत्र लिन अस्वीकार

काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा करार सेवाका लागि छनोट भएका १८० मेडिकल अधिकृतमध्ये करिब ११० जनाले कार्य विवरणप्रति असन्तुष्टि जनाउँदै नियुक्ति पत्र लिन अस्वीकार गरेका छन् । 

गत १८ जेठमा बोर्डले तीन महिनाका लागि १८० मेडिकल अधिकृत आवश्यक भएको सूचना जारी गरेको थियो । सो सूचनाअनुसार आवेदन दिएर छनोट भएका र तालिम पूरा गरेका अधिकृतहरूले कार्य विवरण र सम्झौतामा संशोधनको माग राख्दै नियुक्ति पत्र नलिने निर्णय गरेका हुन् ।

असन्तुष्ट अधिकृतहरूले कार्य विवरणको बुँदा नम्बर ११ मा उल्लेखित दैनिक ४०० दाबी मूल्याङ्कन वा २५–३० लाख रुपैयाँको मूल्याङ्कन लक्ष्यलाई अव्यवहारिक ठहर्‍याएका छन् । त्यस्तै, बुँदा नम्बर १२ मा उल्लेखित कार्य समय (बिहान १० देखि साँझ ५ बजेसम्म) पछि थप ४ घण्टा ओभरटाइम गर्न सकिने प्रावधानलाई श्रम अधिकारविपरीत भन्दै विरोध जनाएका छन् ।