मंगलबार २३ मंसिर, २०८२

क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट अमेरिका भित्रिने सामानहरूमा ३५ प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन्।

ट्रम्पले यो शुल्क सन् २०२५ अगस्ट १ बाट लागु हुने बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत पत्र सार्वजनिक गर्दै क्यानडासँगको व्यापारमा यो निर्णय लिएको जानकारी दिएका हुन्।

यसअघि पनि अमेरिकाले क्यानडाका केही सामानहरूमा २५ प्रतिशत ट्यारिफ लागु गरिसकेको थियो।