मंगलबार २३ मंसिर, २०८२

६ दिनमा ५ हजार ३ सय बढ्यो सुन

६ दिनमा ५ हजार ३ सय बढ्यो सुन

 काठमाडौं । ६ दिनमा सुनको भाउ तोलामा ५ हजार ३ सय रुपैयाँ बढेको छ ।

गत शुक्रबार प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँ रहेको सुनको भाउ आज बिहीबार १ लाख ९८ हजार ४ सय रुपैयाँ पुगेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा स्थिर हो । हिजो पनि यही मूल्यमा कारोबार भएको थियो । गत मंगलबार सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको रेकर्ड बनेको छ ।

चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३०५ रुपैयाँ रहेको चाँदी आज २३१५ रुपैयाँ पुगेको छ ।