शुक्रबार २१ कात्तिक, २०८२

दशैंको दिनबाहेक सार्वजनिक बिदामा बैंक र भन्सार खुला राखिने

दशैंको दिनबाहेक सार्वजनिक बिदामा बैंक र भन्सार खुला राखिने

काठमाडौं । दशैंको दिन बाहेक अन्य सार्वजनिक बिदाका दिनमा बैंक तथा भन्सार खुला राखिने भएको छ ।

मंगलबार अर्थ मन्त्रालयमा निजी क्षेत्रका प्रतिनिधिसँगको छलफलमा अर्थसचिव घनश्याम उपाध्यायले सो जानकारी गराएका हुन् ।

उनले पहिरोका कारण अवरोध पुगेको तातोपानी नाका जोड्ने बाटो खुलाउन सरकारले प्यास गरिरहेको बताएका थिए ।

मंगलबार अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयमा निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिसँग छलफल गरेका थिए ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एसोसिएसन, चौधरी ग्रुप र भाटभटेनी ग्रुपसमेतका उद्योगी र व्यवसायी सहभागी थिए ।

सो क्रममा उद्योगी/व्यवसायीले कर सहुलियत, सहुलियतपूर्ण कर्जा, बीमा रकम यथाशीघ्र भुक्तानीको माग गरेका थिए ।

छलफलमा अर्थमन्त्री खनालले एकीकृत व्यापार पुनरुत्थान योजना ल्याउने जानकारी गराएका थिए ।

कर नीति तथा मौद्रिक नीतिबाट दिन सकिने सहुलियतका लागि सरकार सकारात्मक रहेको उनले जानकारी दिए ।