सोमबार २२ मंसिर, २०८२

राष्ट्रिय सभाका अध्यक्षले गरे क्षतिग्रस्त संसद भवनको अवलोकन

राष्ट्रिय सभाका अध्यक्षले गरे क्षतिग्रस्त संसद भवनको अवलोकन

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संसद भवनको अवलोकन गरेका छन् ।

२४ गतेको आगजनीबाट क्षति भएको बानेश्वरस्थित संघीय संसद भवनको आज राष्ट्रिय सभा अध्यक्ष दाहालको टोलीले अवलोकन गरेका हुन् ।

यसअघि सभामुख देवराज घिमिरेसहितको टोलीले क्षतिग्रस्त संसद भवनको अवलोन गरेका थिए ।