सोमबार २२ मंसिर, २०८२

डेढ करोड ठगी मुद्दाका आरोपी पक्राउ

डेढ करोड ठगी मुद्दाका आरोपी पक्राउ

काठमाडौँ । प्रहरीले भक्तपुरबाट डेढ करोड ठगी मुद्दामा फरार आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–५ मा बस्ने सुदर्शन पौडेल छन् ।

डेढ करोड ठगीमा संलग्न आरोपमा पौडेललाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जवेगुले रातोपाटीलाई बताए ।

जग्गा दिन्छु भनेर आर.भी स्टेट्स प्रालिको नाममा उनले डेढ करोड बैना लिएका थिए । तर, अनुसन्धान गर्दा सो कम्पनी उनको नाममा नभएको भेटिएको छ । जग्गाको व्यवसाय गर्दै आएका ४५ वर्षीय पौडेल ओसियन इन्भेष्टभेन्ट प्रालिका अध्यक्ष हुन् ।