मान्छेलाई आत्महत्या गर्न उक्साएको भन्दै ओपनएआईमाथि मुद्दा
क्यालिफोर्निया । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बनाउने कम्पनी ओपनएआईमाथि मुद्दा दायर भएका छन् । यसको एआई च्याटबोट च्याटजीपीटीले मान्छेहरूलाई आत्महत्या गर्न उक्साएको र भ्रम फैलाएको भन्दै कम्पनीमाथि सात मुद्दा दायर भएका हुन् ।
आत्महत्या गरेका व्यक्तिहरूमा पहिलेदेखि कुनै पनि मानसिक स्वास्थ्य समस्या नभएको आरोप मुद्दामा लगाइएको छ । बिहीबार क्यालिफोर्नियाको अदालतमा दायर गरिएका मुद्दाहरूमा गलत कारणले गर्दा मृत्यु, आत्महत्या गर्न उक्साएको, अनजानमा हत्या र लापरबाहीको पनि आरोप लगाइएको छ ।
ओपनएआई विरुद्ध मुद्दा छ वयस्क र एक किशोरले दायर गरेका थिए । आन्तरिक चेतावनीमा यो खतरनाक रूपमा चाप्लुस र मनोवैज्ञानिक रूपमा भ्रामक छ भनेर भन्दा भन्दै पनि ओपनएआईले यी सबै चेतावनीलाई वेवास्ता गरेर जीपीटी–४० लाई समय अगावै जारी गरेको आरोप मुद्दामा लगाइएको छ । चार जना पीडितहरूको आत्महत्याबाट मृत्यु भएको थियो ।
सान फ्रान्सिस्को सुपीरियर कोर्टमा दायर गरिएको मुद्दा अनुसार, १७ वर्षीया अमाउरी लेसीले च्याटजीपीटीलाई मद्दतको लागि प्रयोग गर्न थाले । तर मद्दत गर्नुको सट्टा, च्याटजीपीटीले लेसीमा यसको लत बसालेको, अनि उनीलाई डिप्रेसन पुर्याएको र कसरी फाँसी लगाउने अनि सास नफेरिकन कति समय बाँच्न सक्छ भन्ने बारेमा सल्लाह दिएको बताइएको छ ।
अमाउरीको मृत्यु र दुर्घटना दुबै नभएको बरु ओपनएआई र शमूएल अल्टम्यानको सुरक्षा परीक्षण छोटो बनाउने र च्याटजीपीटीलाई बजारमा ल्याउने निर्णयको परिणाम भएको पनि मुद्दामा उल्लेख गरिएको छ । ओपनएआईले यी मुद्दाहरूको जवाफ दिएको छैन ।
