आइतबार २१ मंसिर, २०८२

पुनर्निर्माण कोषमा नेसनल लाइफ इन्स्योरेन्सको १ करोड सहयोग

पुनर्निर्माण कोषमा नेसनल लाइफ इन्स्योरेन्सको १ करोड सहयोग

काठमाडौं । सरकारले गठन गरेको भौतिक पूर्वधार पुर्ननिर्माण कोषमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शन र आन्दोलनको क्रममा देशभरका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि कोषमा १ करोड सहायता प्रदान गरिएको कम्पनीले जनाएको छ ।

उक्त रकम बराबरको चेक कम्पनी प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र नायब महाप्रबन्धक प्रज्वल सायमीले विशेष कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरे ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो । प्रमुख कार्यकारी अधिकृत खत्रीले विगतमा पनि शिक्षा, स्वास्थ्य, दैवीप्रकोप व्यवस्थापन तथा वातावरण संरक्षण लगायत क्षेत्रमा आर्थिक सहयोग उपलब्ध गराइँदै आएको उल्लेख गरे ।

कम्पनीले यस प्रयोजनको लागि नियामक निकायबाट जारी निर्देशन अनुसार प्रत्येक आर्थिक वर्ष खुद मुनाफाको एक प्रतिशत रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको छ ।