आइतबार २१ मंसिर, २०८२

सुरक्षण मुद्रणमा लाइसेन्स छपाइ सुरु, ६ महिनाभित्र सबै छाप्ने योजना

सुरक्षण मुद्रणमा लाइसेन्स छपाइ सुरु, ६ महिनाभित्र सबै छाप्ने योजना

काठमाडौँ- पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्य थालनी भएको छ। शुक्रबारदेखि छपाइ कार्य थालिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

‘यातायात व्यवस्था विभागबाट प्राप्त डाटाअनुसार दैनिक करिब ५ सय वटा लाइसेन्स छापिनेछ’, खरेलले सामाजिक सञ्जालमा लेखेका छन्।

६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको पनि उनले बताए।

उनले भनेका छन्, ‘अब ठप्प प्राय अवस्थामा रहेको सुरक्षण मुद्रण केन्द्रलाई पूर्ण रूपमा चलायमान बनाउँदै अगाडि बढ्नेछौँ।’