आइतबार २१ मंसिर, २०८२

कालमेगी आँधीका कारण मृत्यु हुनेको संख्या १९३ पुग्यो

कालमेगी आँधीका कारण मृत्यु हुनेको संख्या १९३ पुग्यो

काठमाडौं । फिलिपिन्स र भियतनाममा आएको कालमेगी आँधीका कारण मृत्यु हुनेको संख्या १९३ पुगेको छ ।

 आँधीमा परेर फिलिपिन्समा १८८ जना र भियतनाममा पाँच जनाको मृत्यु भएको हो ।

बिहीबार १४९ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीले मध्य भियतनामबाट बाहिरिएर पश्चिमतर्फ कम्बोडिया र लाओसतिर अघि बढिरहेको छ । मध्य भियतनामको तटीय किनार क्षेत्र रातभर आँधीको चपेटमा पर्दा बिहान फोहरको थुप्रो देखिन्छ ।

तीव्र गतिको हावाले रुखहरू ढलेका छन् भने घरका छत समेत उडाएको छ । थुप्रै आवासीय भवनमा क्षति पुगेको छ ।

हजारौं मानिस विद्यालय र अन्य सार्वजनिक भवनमा शरण लिइरहेका छन् । क्षति विवरण संकलन र उद्धारमा सेना तैनाथ भएको छ ।