बुधबार २४ मंसिर, २०८२

सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य १ हजार रुपैयाँ घट्दै तोलामा २ लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको हो । 

यसअघि सोमबार छापावाल सुन तोलामा २ लाख ५२ हजार ९०० रुपैयाँ कायम भएको थियो । 

यस्तै चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलामा ३ हजार ५८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ३ हजार ६०० रुपैयाँ पुगेको हो ।