मंगलबार २३ मंसिर, २०८२

पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले खोलेको कफी फिलियामा कामना सेवा विकास बैंकका ग्राहकलाई १० प्रतिशत छुट

पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले खोलेको कफी फिलियामा कामना सेवा विकास बैंकका ग्राहकलाई १० प्रतिशत छुट

काठमाडौं । पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले खोलेको कफी फिलियामा कामना सेवा विकास बैंकका ग्राहकहरुले १० प्रतिशत छुट पाउने भएका छन् ।

बैंकले काठमाडौंको ज्ञानेश्वरस्थित कफी फिलियासँग सोमबार सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको हो ।

यस सम्झौताअनुसार कफी फिलियामा बैंकका कर्मचारी र ग्राहकहरुले फुड तथा बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।

ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

उक्त छुटसम्बन्धी सम्झौतामा बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र क्याफेका फ्रान्चाइज ओनर सदीक्षा श्रेष्ठेले हस्ताक्षर गरेकी थिइन् ।