सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं, चैत २३
बैतडीको पाटन नगरपालिका–८ झ्याउलेकस्थित सडकमा से.२ त ३६७८ नम्बरको ट्याक्टर सडकबाट करिब १ सय ५० मिटर तल खसेर बिहीबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ट्रयाक्टरमा सवार सोही नगरपालिका–१० पनाली बस्ने ५० वर्षीय मान बहादुर बिष्ट र चालक कन्चनपुर शुक्लाफाटा नगरपालिका–३ पिपलाडी बस्ने ३० वर्षीय राजेश चौधरी रहेका छन् ।
दोलखाको कालिन्चोक गाउँपालिका–२ पुटिस्याङस्थित सडकमा पुटिस्याङबाट सिंगटीतर्फ आउँदै गरेको लु.३ त १७१४ नम्बरको ट्रयाक्टर सडकबाट करिब ३५ मिटर तल खेतमा खसेर शुक्रबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–२ बाबरे बस्ने ३६ वर्षीया सन्ची माया थामीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार ४ जनाको धुलिखेल शाखा अस्पताल भिमेश्वरमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ डहरेस्थित सडकमा बा.१७ च १४६५ नम्बरको जिप सडकबाट करिब २ सय मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा चालक दाङ घर भएका ३७ वर्षीय बिर सिंह परियारको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।