२४ अंकले घट्यो नेप्से,दुई वटा समुहले कमाउँदा ११ वटा समुहले गुमाए

२४ अंकले घट्यो नेप्से,दुई वटा समुहले कमाउँदा ११ वटा समुहले गुमाए

काठमाडौं, बैशाख २३


नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से २४ दशमलव ५८ अंकले घटेर एक हजार नौं सय ७४ दशमलव ३७ अंकमा पुगेको छ भने सेन्सिटिभ चार दशमलव ८६ अंकले घटेर तीन सय ५१ दशमलव १८ अंकमा पुगेको छ ।नेप्सेमा आज तीन सय १६ वटा कम्पनीहरुको ६० हजार पाँच सय २३ पटकको कारोबारमा ९७ लाख ६२ हजार आठ सय तीन कित्ता सेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम तीन अर्ब ७९ करोड ५७ लाख ४८ हजार दुई सय ९६ रुपैंयाँ पुगेको छ ।  


नेप्सेमा आज १३ वटा समुहहरुको सेयरा कारोबार भएको मध्ये लघुवित्त र निर्जीवन बीमा समुहको सुचक बढेको छ भने बाँकी समुहहरुको सुुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक ११ दशमलव ४२, बिकास बैंक समुहको सुुचक एक सय नौं दशमलव १६, फाईनान्स समुहको सुचक ४४ दशमलव ६०, जलबिद्युत समुहको सुचक ३८ दशमलव ४६ र जीवन बीमा समुहको सुचक एक सय ७३ दशमलव ८७ अंकले घटेका छन् । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र टे्रडिङ समुहहरुको सुचक पनि घटेका छन् । नेप्सेमा आज दोल्ती हाईड्रो पावर कम्पनीले सबैभन्दा बढी कमाएको छ भने पिपुल्स पावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । नेपाल फाईनान्सको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।