लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ, ११ सदस्यीय मन्त्रीमण्डल
बुटवल, ८ कात्तिक । लुम्बिनी प्रदेशमा हिजो (बुधबार) नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
तीनैजना मन्त्रीले बिहीबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरबाट शपथ लिएका हुन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसका तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टिबाट बाँकेका आदेशकुमार अग्रवाललाई बुधबार मन्त्रि नियुक्त गरेका थिए ।
तिमिल्सिनालाई सामाजिक विकास, कलवारलाई वन तथा वातावरण र अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
१२ मन्त्रालय रहेको लुम्बिनीमा तीनजना नयां मन्त्री थपिएसंगै मन्त्रिमण्डल ११ सदस्यीय बनेको छ ।