रवि र छविको म्याद थप सम्बन्धी बहस सुरु, बाहिर रास्वपा कार्यकर्ताको प्रदर्शन जारी

रवि र छविको म्याद थप सम्बन्धी बहस सुरु, बाहिर रास्वपा कार्यकर्ताको प्रदर्शन जारी

पोखरा, ८ कात्तिक । कास्कीको सूर्यदर्शन सहकारीको रकम अनियमितता प्रकरणमा हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको म्याद थप सम्बन्धी बहस सुरू भएको छ ।

कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालका अनुसार न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासमा रवि र छविको बहस सुरू भएको हो । 

रवि र छवि दुवै जनालाई अदालतमा कार्यालय खुले लगत्तै उपस्थित गराइएको थियो ।

रविको बहस चलिरहँदा शहीद चोक, अदालत छिर्ने रत्नचोक नजिकैको वाइ चोकमा रास्वपा नेता–कार्यकर्ताले विरोध–प्रदर्शन जारी राखेका छन् ।