सुदूरपश्चिम सरकारले गर्‍यो एकैपटक ४४ कर्मचारीको सरूवा

सुदूरपश्चिम सरकारले गर्‍यो एकैपटक ४४ कर्मचारीको  सरूवा

धनगढी, ८ कात्तिक । सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न सेवा समूहका ४४ जना कर्मचारीको सरुवा गरेको छ ।

हिजो (बुधबार) बसेको प्रमुख सचिवस्तरीय बैठकले इन्जिनियरिङ सेवा, वन, स्वास्थ्य र सामान्य प्रशासन सेवा समूहका गरेर ४४ जना कर्मचारीको सरुवा गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जानकारी दिएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार इन्जिनियरिङ सेवा तर्फ ९/१० तहका चार जना, वन सेवातर्फ ९/१० तहका चार जना, स्वास्थ्य सेवातर्फ ९/१० तहका एक जनाको काज फिर्ता र प्रशासन सेवा, सामान्य प्रशासन समूह अधिकृतस्तर ७ र ८ तहका ७ जना कर्मचारीको सरुवा भएका छन् ।

यसैगरी, प्रशासन सेवा÷सामान्य प्रशासन समूह तह ५ र ६ तर्फका २४ जना, चौँथो र पाचौँ तहका चार जना कर्मचारीको पनि सरुवा गरिएको छ ।