अवैध १४ किलो चाँदीसहित दुई जना पक्राउ

अवैध १४ किलो चाँदीसहित दुई जना पक्राउ

 काठमाडौं, ९ कात्तिक । अवैध  १४ किलो चाँदीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बाराको प्रसौनी गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष साह सोनार र बाराकै जितपुर सिमरा उपमहानगरपालिका–८ का २७ वर्षीय सुरेश महतो छन् ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराले सोनारबाट ९ किलो र महतोबाट ५ किलो चाँदी बरामद गरेको प्रहरीले बताएको छ । पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेका उनीहरुलाई अमलेखगञ्जबाट पक्राउ गरिएको हो ।

ना ५२ प २५८४ नम्बरको मोटरसाइकलमा रहेको बेला चाँदीसहित  सोनारलाई पक्राउ गरिएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।