'मैले आँफूलाई भाग्यशाली परराष्ट्रमन्त्री ठानेको छु'

'मैले आँफूलाई भाग्यशाली परराष्ट्रमन्त्री ठानेको छु'

काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयमा श्रोत साधानको निकै अभाव रहेको बताएकी छिन् ।  तथापी, प्रधानमन्त्रीसँग कार्य सम्पादन सम्झौता गर्दा १०० दिनका लागि दिइएको सबै जिम्मेवारी पूरा गर्न सकेको उनले बताइन् ।

उनले मन्त्रालयमा जिम्मेवारीमा आउँदा ‘ओभर लोड’ खेलेको बताइन् । तर, कर्मचारीले धेरै मिहिनत गरेको उल्लेख गर्दै उनले भनिन्, ‘परराष्ट्र नीति, इकोनोमिक्स डिप्लोमेसी र डायस्पोरालाई दिनुपर्ने सर्भिसेसका लागि नेपालको परराष्ट्र मन्त्रालयलाई चाहिने स्रोत साधन चाहिं कमी रहेछ । मलाई एकदमै कमजोर महसुस भयो ।’

दुई ठूलो दलको सरकार भएकाले एलडिसी, एशिएन कोअपरेशन डाइलग, विमस्टेक जस्ता फोरममा दूरदर्शी दिष्टिकोणका साथ प्रस्तुत हुन सकिन्छ भन्ने लागेको समेत उनले बताइन् ।

‘दुई पार्टीको प्रतिनिधित्व गरेर काम गर्ने मौका पाएको छु । मैले आफूलाई भाग्यशाली परराष्ट्रमन्त्री ठानेको छु ।’ उनले भनिन् ।