स्रोत नखुलेको ५ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
रौतहट, १२ कात्तिक । स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँसहित रौतहटमा प्रहरीले एक जना भारतीय नागरिक पक्राउ गरेको छ ।
गौर नगरपालिका– २ महादेवपट्टीबाट अस्थायी प्रहरी चौकी महादेवपट्टीको टोलीले भारतको बिहार मोतिहारी जिल्ला ढाका फुलवरीयाका ४८ वर्षका त्रिभुवन चौधरीलाई ५ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपककुमार रायका अनुसार, नेपालबाट भारततर्फ साइकलमा जादै गरेका चौधरीलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद गरिएको हो ।
पक्राउ परेका चौधरीले रकमको स्रोत खुलाउन नसकेको र थप अनुसन्धान कार्य जारी रहेको प्रवक्ता रायले जानकारी दिए ।