सोमबार २८ माघ, २०८१

‘आईएमई गरौं, उद्यमी बनौं’ योजनाका विजेता घोषणा, पाए आईफोन १६

‘आईएमई गरौं, उद्यमी बनौं’ योजनाका विजेता घोषणा, पाए आईफोन १६

काठमाडौं, २१ माघ । विदेशबाट नेपालमा रहेका आफन्तलाई आईएमई मार्फत रकम पठाउने तीन जना भाग्यशाली विजेताले आईफोन १६ प्राप्त गरेका छन् । आईफोन १६ प्राप्त गर्नेमा रुमानियाबाट ज्ञानेन्द्रप्रसाद गजुरेल, कुवेतबाट राजु लउपा मगर र मलेसियाबाट थानेश्वर थापा मगर रहेका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच आईएमई ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले लक्की ड्र मार्फत विजेता घोषणा  गरेकी हुन् । ‘आईएमई गरौं, उद्यमी बनौं’ योजनाको पहिलो चरणको मासिक उपहार अन्तर्गत असोज, कात्तिक र मंसिर महिनाको विजेता छनोट गरिएको हो ।

यो योजनामा आईएमई गरी रकम पठाउने सेवाग्राहीमध्ये थप ‍३ जनाले उद्यमशील बन्न सहयोग पुग्ने गरी दोस्त पिक अप ट्रक जित्न    सक्नेछन् ।

दोस्रो चरणको योजना अन्तर्गत २०८१ पुसदेखि २०८२ साउनसम्म जारी रहने र यस योजनामा पनि तीन जना भाग्यशाली विजेताले दोस्त पिक अप ट्रक जित्न सक्नेछन् । आईएमई गरी आईएमई पे वालेट,बैंक खातामा जम्मा गर्ने तथा आईएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन सक्नेछन् ।

आईएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन उत्प्रेरकको रूपमा यो अफर ल्याएको हो ।

आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आईएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन र सो रकम उद्यममा लगानी गर्न यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताए ।