सिद्धार्थ बैंकद्वारा कालिका माविलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग

काठमाडौं, २२ माघ । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको नवलपुर जिल्ला देवचुली नगरपालिकास्थित कालिका माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।
एक कार्यक्रमबीच उक्त सामग्री बैंकको दलदले शाखाका शाखा प्रबन्धक त्रिविक्रम लामिछानेले विद्यालयलाई हस्तान्तरण गरेका थिए ।
बालबालिकाहरूको शारीरिक र मानसिक विकासका लागि सामाजिक अन्तर्क्रियामा प्रोत्साहित गर्दै शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले बैंकले उक्त सामाग्री रोटरी क्लबको समन्वयमा प्रदान गरेको हो ।
बालबालिकाहरु राष्ट्रका कर्णधार हुन् र राष्ट्रको उज्जवल भविष्य बालबालिकाहरुको समग्र विकासमा निर्भर हुने मान्यताको साथ बैंकले यस कार्यमा सहभागिता जनाएको हो ।
यस मान्यतासँगै, बैंकले काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ बाल अस्पताल निर्माणलाई सहयोग, विपन्न बालबालिकाहरुका लागि छात्रवृत्ति जस्ता कार्यहरुमा योगदान प्रदान गरिसकेको छ ।