हिमालयन एभरेस्ट इन्स्योरेन्सरेको वार्षिक साधारणसभा

काठमाडौं, ६ फागुन । हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ ।
कम्पनीको यही फागुन दुई गते बसेको सञ्चालक समितिको तीन सय ४४ औँ बैठकले यही फागुन २७ गते काठमाडौंको शंखमूलस्थित अनमोल बैंकेटमा आफ्नो ३१ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले उक्त वार्षिक साधारणसभामार्फत हाल कायम रहेको चुक्ता पुँजी दुई अर्ब ५० करोड एक लाख ५७ हजार चार सय रुपैयाँमध्येबाट आठ दशमलव ७५ प्रतिशतका दरले हुन आउने २१ करोड ८७ लाख ६३ हजार सात सय ७३ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
यसबाहेक सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।