सुनिलले तोडे ‘क्ल्याप पुलअप’मा १० वर्ष पुरानो गिनिज वर्ल्ड रेकर्ड
काठमाडौं । नेपाली क्यालिस्थेनिक्स एथ्लेट सुनिल खड्काले गिनिज वर्ल्ड रेकर्ड तोड्दै ऐतिहासिक सफलता हासिल गरेका छन्। उनले एक मिनेटमा ३२ क्ल्याप पुलअप गरेर १० वर्ष पुरानो विश्व कीर्तिमान तोडेका हुन् ।
यसअघि सन् २०१५ डिसेम्बर १९ मा अमेरिकाका ब्लेक अगस्टिनले ३० क्ल्याप पुलअप गर्दै रेकर्ड बनाएका थिए। सुनिलले उक्त कीर्तिमान तोडेका हुन् ।
धादिङको गल्छीका २५ वर्षीय सुनिलले गत २१ जुनमा ललितपुरस्थित बज्र ननिता फिटनेसमा आधिकारिक रूपमा दिएको प्रयासमा कायम गरेका हुन्। सुनिलको रेकर्डबारे गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले आफ्नो आधिकारिक वेबसाइटमा पनि राखेको छ ।
