सोमबार २२ मंसिर, २०८२

रौनकको शानदार शतकमा भुटानविरुद्ध नेपालको विशाल योगफल

रौनकको शानदार शतकमा भुटानविरुद्ध नेपालको विशाल योगफल

काठमाडौं । रौनक श्रीवास्तवको शतक तथा दुई अर्धशतक मद्दतमा नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध बलियो योगफल खडा गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रनको विशाल योगफल खडा गरेको हो । यो प्रतियोगितामा यो दोस्रो सर्वाधिक स्कोर हो ।

रौनकले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रन बनाए । त्यस्तै जोय थापा ६१ रनमा अविजित रहे भने शिवांश बजगाइले ५४ रन बनाए ।

भुटानका सन्जय दोर्जीले ३ विकेट लिए भने तेन्जिन लोदेले १ विकेट लिए ।

हालसम्म नेपालले खेलेका तीनवटै खेल जितेको छ र सेमिफाइनल खेल्ने पनि पक्का भइसकेको छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा जापानलाई ९ विकेटले पाखा लगाएको थियो भने तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध ३७० रनको विशाल जित निकालेको थियो ।

समूह ए मा नेपालको ३ खेलमा ६ अंक छ भने सिंगापुरको ४ खेलबाट ३ जितसहित ६ अंक छ । दुवै टोली सेमिफाइनलमा पुगेका छन् । नेपाल यस खेलमा विजयी भएपछि सेमिफाइनलमा मलेसियासँग खेल्नेछ ।

यू-१६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ ।