सोमबार २२ मंसिर, २०८२

नेपालले दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं । नेपाली पुरुष फुटबल टिमले आगामी सेप्टेम्बर ६ र ९ मा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ। दुवै खेल काठमाडौंस्थित दशरथ रंगशालामा हुनेछन् ।

यी खेलहरू फिफाको अन्तर्राष्ट्रिय म्याच विन्डो अन्तर्गत पर्छन्। यस मैत्रीपूर्ण खेल नेपालका लागि एएफसी एसियन कप छनोटको तयारीमा महत्वपूर्ण हुनेछन्।

एसियन कप छनोटको समूह ‘एफ’ मा नेपाल मलेसिया, लाओस र भियतनामसँग परेको छ। समूह चरणमा नेपालले हालसम्म दुई खेल खेल्दा दुवैमा पराजित भएको छ ।

नेपालको आगामी छनोट खेल अक्टोबर ९ मा भियतनामविरुद्ध उसैको मैदानमा हुनेछ।