इगा स्वियातेकले उचालिन विम्बल्डन महिला एकलको उपाधि
काठमाडौं । अमेरिकाकी अमान्डा अनिसिमोवालाई हराउँदै पोल्यान्डकी इगा स्वियातेकले विम्बल्डन टेनिस महिला एकलको उपाधि उचालेकी छन्। यो उनको पहिलो विम्बल्डन तथा छैटौं ग्रान्डस्लाम उपाधि हो।
शनिबार राति भएको एक पक्षीय फाइनल खेलमा स्वियातेकले अनिसिमोवालाई ६–० र ६–० को सोझो सेटमा पराजित गरिन् । विश्व वरियतामा एक नम्बरकी एरिना सबाकेंलालाई हराउँदै फाइनल प्रवेश गरेकी अनिसिमोवा शनिबार राति निकै निरिह देखिइन् ।
विश्व परियतामा ८औं नम्बरमा रहेकी स्वियातेक फाइनलमा भने निकै लयमा देखिएको खेलमा विपक्षीका लागि खराब रेकर्ड पनि बन्यो। विम्बल्डन महिला फाइनलको इतिहासमा विपक्षी खेलाडीले एक सेट पनि जित्न नसकेको १९११ यताको यो पहिलो घटना थियो।
