सोमबार २२ मंसिर, २०८२

त्रिवि क्रिकेट मैदानको प्यारापिटमा सिट जडान हुँदै

त्रिवि क्रिकेट मैदानको प्यारापिटमा सिट जडान हुँदै

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हाल प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम भइरहेको छ ।

गत फागुनदेखि सुरु भएर वैशाखसम्म सम्पन्न गर्ने योजनाअनुसार काम पूरा नभएपछि थपिएको असार मसान्तसम्मको समयमा पनि काम पूरा हुन सकेको छैन ।

अब निर्माण कम्पनीले दैनिक हर्जना बुझाएरै भएपनि काम गरिरहेको छ र १ महिनामा काम सक्ने प्रतिबद्धता जनाएको छ ।

हालसम्म ४ हजार कुर्सी फिटिङ भइसकेको जनाइएको छ भने ६ वटा फ्लडलाइटमध्ये ३ वटा पोल आइसकेको छ ।