सोमबार २२ मंसिर, २०८२

स्पेनलाई हराउँदै इंग्ल्याण्डले जित्यो महिला युरोकप फुटबलको उपाधि

स्पेनलाई हराउँदै इंग्ल्याण्डले जित्यो महिला युरोकप फुटबलको उपाधि

काठमाडौं । इंग्ल्याण्डले महिला युरोकप फुटबल २०२५ को उपाधि जितेको छ । गएराति भएको फाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै इंग्ल्याण्ड युरोपियन च्याम्पियन बनेको हो।

निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा स्पेनको २ प्रहार इंग्ल्याण्ड गोलरक्षक हाना हाम्पटनले बचाइन् ।

इंग्ल्याण्डले पहिलोपटक विदेशी भूमिमा ठूलो उपाधि जितेको हो ।

पहिलो हाफमा पछाडि परेपनि दोस्रो हाफमा गोल फर्काउँदै इंग्ल्याण्डले खेलमा आफूलाई जीवितै राखेको थियो ।

२५औं मिनेटमा मारिओना काल्देन्तेले गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन् । ५७औं मिनेटमा इंग्ल्याण्डकी अलेसिया रुसोले बराबरी गोल गरिन् ।

त्यसपछि गोल नहुँदा खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा पुगेको थियो ।