आइतबार २१ मंसिर, २०८२

४० लाखभन्दा कम मूल्यमा ‘एक्सथ्री-प्रो’, सिधै ९ लाख छुट

४० लाखभन्दा कम मूल्यमा ‘एक्सथ्री-प्रो’, सिधै ९ लाख छुट

काठमाडौं । केई नेपालले आफ्नो एसयूभी एक्स्थ्री प्रोमा सिधै ९ लाख नगद छुट दिने स्कीम सार्वजनिक गरेको छ । कम्पनीले भोलिदेखि सुरु हुने नाइमा मोविलिटी एक्स्पोमा ‘एक्सथ्री-प्रो’ किन्नेलाई ९ लाख रुपैयाँ छुट दिने घोषणा गरेको हो ।

अहिले केई एक्सथ्री-प्रो मोडलको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ रहेकोमा ९ लाख रुपैयाँ छुट दिएर ३९ लाख ९६ हजारमै बिक्री गर्ने भएको हो । एसयूभी खोज्नेको लागि यो सबैभन्दा कम मूल्यको एसयूभी पनि भएको छ ।

बजारमा पाइने ह्याचव्याक कारको मूल्यमा केईले आफ्नो एसयूभी दिने भएको हो । सिमित अवधिको लागि भनेर दिइएको यो स्कीममा गाडी किन्नेले उत्कृष्ट डिल पाउने छन् ।

केई एक्सथ्री-प्रोको लम्बाइ ४४४३ एमएम, चौडाइ १८३१ एमएम र उचाइ १६४६ एमएम छ । पर्फेक्ट कम्प्याक्ट एसयूभीको साइजमा उपलब्ध एक्सथ्री-प्रोमा २६३२ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।

एसयूभीमा १८२ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, ३६० लिटरको बुट स्पेस रहेको इलेक्ट्रीक मोडलको क्याबिन निकै लग्जरी फिल दिन सक्षम छ । १८ इन्चको आल्मुनियम ह्वीलले गाडीको रोड प्रेजेन्स उत्कृष्ट लाग्छ ।

कम्पनीले यसमा ५३.६ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ । डब्लूएलटीपीका अनुसार नै यसले सिंगल चार्जमा ३३० किलोमिटर रेन्ज दिन्छ । कम्पनीले यसमा ९९ किलोवाटको इलेक्ट्रीक मोटर दिएको छ । गाडीको पीकटर्क भने २८० न्यूटन मिटर छ ।

एक्सथ्री-प्रो एसयूभीमा मल्टी फङ्सनल स्टेरिङ ह्वील, डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, डिजिटल इन्फोटेन्मेन्ट स्कृन, ३६० डिग्री क्यामेरा, अटोमेटिक एसी, रियर एसी भेन्ट, पीएम २.५ एयर फिल्टर, ६ वटा स्पीकर, मल्टी ड्राइभिङ मोड, वायरलेस मोबाइल चार्जर पाउन सकिन्छ । यसमा भेहिकल टु लोड सुविधा पनि पाउन सकिन्छ ।

सुरक्षाको लागि ४ एयरब्याग उपलब्ध एक्सथ्री-प्रो एसयूभीमा टायर प्रेसर मोनिटरीङ सिस्टम, ईएसपी, ईएबी, ईबीडी, क्रुज कन्ट्रोल, रियर पार्किङ क्यामरा, पार्किङ सेन्सर, हिल असिस्ट, ट्रयाक्सन कन्ट्रोल, अटो होल्ड जस्ता अत्यावश्यक फिचर छन् ।