आइतबार २१ मंसिर, २०८२

नाडा अटो शो २०२५ : सहभागी विजेतालाई एक वर्षसम्म लुब्रिकेन्ट निशुल्क घोषणा

नाडा अटो शो २०२५ : सहभागी विजेतालाई एक वर्षसम्म लुब्रिकेन्ट निशुल्क घोषणा

काठमाडौँ । नाडा अटो शो २०२५बारे  जानकारी सार्वजनिक गर्दै शोमा सहभागी विजेतालाई एकवर्षसम्म लुब्रिकेन्ट निशुल्क दिइने  घोषणा गरिएको छ ।  नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले एक पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी गराएका हुन् ।

नाडाद्वारा जानकारी विज्ञप्ति अनुसार  सुविधा र सुरक्षा सुनिश्चित गर्ने व्यवस्था सुविधाजनक जोन विभाजन  गरिएको छ ।  चारपांग्रे, दुईपांग्रे, व्यावसायिक सवारी, अटो पार्ट्स, वित्तीय सेवा आदि रहेको जनाइएको छ ।टिकट प्रि-बुकिङः खल्ती एपमार्फत अग्रिम खरिद गर्न सकिने , मिडिया डेस्कः सञ्चारकर्मीहरूको समन्वयका लागि, ट्राफिक सूचना डेस्कः महानगरीय ट्राफिक प्रहरी साझेदारीमा, आपतकालीन स्वास्थ्य टोली, सुरक्षा निगरानी, आगो नियन्त्रण व्यवस्था गरिएको जनाइएको छ ।

नाडा अटो शो २०२५बारे  जानकारी सार्वजनिक, सहभागी विजेतालाई एकवर्षसम्म लुब्रिकेन्ट निशुल्क घोषणा

नाडा अटो शो २०२५ का  प्रमुख आकर्षणहरूमा  विन्टेज मोटर शो - ऐतिहासिक सवारी साधनहरूको प्रदर्शन, स्वदेशमै निर्माण भएका सवारी तथा पार्टसको प्रदर्शनी ,  अन्तर्राष्ट्रिय लगानी र सहकार्य प्रवर्द्धन गर्ने थलो ,सेमिनार, कार्यशाला, अन्तरक्रिया ईभी, स्मार्ट मोबिलिटी र दिगोपनमा केन्द्रित  कार्यक्रम तय गरिएको छ । 

दैनिक भाग्यशाली विजेता घोषणा एक वर्षसम्म निःशुल्क ल्युब्रिकेन्ट सेवा (Nepal Lube Oil Ltd. द्वारा प्रायोजित गरिने जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ  ‘   जहाँ कतिपयले आफूलाई "ठूलो" वा "सबैभन्दा राम्रो" भन्दै हल्ला गर्छन्, त्यहाँ नाडा अटो शोले तथ्य, निरन्तरता र विश्वसनीयताबाट आफैलाई स्थापित गरिसकेको छ। १६ संस्करणहरूको सफल इतिहास, अग्रणी ब्रान्डहरूको सहभागिता, र लाखौं दर्शकहरूको विश्वासले नाडा अटो शो लाई नेपालको अटोमोटिभ उद्योगको सर्वोत्कृष्ट मञ्चको रूपमा परिचित गराएको छ।’ 

उपभोक्ता, प्रविधिप्रेमी, उद्यमी वा उद्योग विश्लेषकका लागि  नाडा अटो शो २०२५ नवप्रवर्तन अनुभव गराउने दाबी गरिएको छ ।

nada.jpeg