आइतबार २१ मंसिर, २०८२

चांगानको फ्लाइङ कार नाडा अटो शोमा प्रदर्शन गरिने

चांगानको फ्लाइङ कार नाडा अटो शोमा प्रदर्शन गरिने

काठमाडौं– आगामी भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२५ को मुख्य आकर्षण चिनियाँ अटोमोबाइल कम्पनी चांगानले उत्पादन गरेको फ्लाइङ कार हुने भएको छ ।

नाडा अटो शोको मुख्य प्रायोजक रहेको एमएडब्लू वृद्धिले यो फ्लाइङ कार पहिलो पटक नेपाल ल्याएर प्रदर्शन गर्न लागेको हो ।

चांगानले विकास गरेको इलेक्ट्रीक भर्टिकल टेकअफ एण्ड ल्याण्डिङ फिचर रहेको यो फ्लाइङ कार लो अल्टिच्युड फ्लाइट म्यानेजमेन्ट टेक्नलोजी र चांगानको अटोमोबाइल भेहिकल उत्पादन क्षमताको भरपुर प्रयोग भएको छ ।

चांगानले यो फ्लाइङ कार प्रविधिमा आगामी ५ वर्षमा २० अर्ब युवान लगानी गर्ने घोषणा गरेको छ