नाइमामा हुन्डाई गाडीमा ८ लाखसम्म नगद छुट
काठमाडौं । आजदेखि सुरू भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा हुन्डाईका गाडी किन्दा ८ लाख रुपैयाँसम्म छुट पाइने भएको छ ।
नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गर्दै ‘हुन्डाई अवेसम अगष्ट’ स्कीम ल्याएको हो ।
यस योजना अन्तर्गत ग्राहकहरूले हुन्डाईका गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्म नगद छुट पाउने छन् । साथै, १ वर्षको निःशुल्क बीमा र विशेष छुटहरू प्राप्त गर्नेछन् । यसका अवला हुन्डाई गाडीमा ३ तीन वर्षको वारेन्टी पनि पाउने छन् ।
यस योजनामा बम्पर पुरस्कारका रूपमा एक जोडीलाई भियतनाम भ्रमणको अवसर प्रदान गरिने कम्पनीले जनाएके छ । विजेता जोडीको तीन रात चार दिनको खर्च कम्पनीले बेहोर्नेछ। नाइमा मोबिलिटी एक्स्पो अवधिमा हुन्डाई गाडी खरिद गर्ने ग्राहकहरू यो लक्की ड्रमा स्वतः सहभागी हुनेछन्।
यसका अतिरिक्त, स्टलमा गाडी बुक गर्ने ग्राहकहरू दैनिक विशेष उपहारहरूको लागि छनोट हुनेछन्। दैनिक उपहारहरूमा बोस वासिङ मेसिन ह्याम्पर पनि समावेश गरिएको छ।
नेपालमा हुन्डाईका ग्राण्ड आइ १० नियोस्, भेन्यु, क्रेटा इलेक्ट्रीक, क्रेटा आइसई र आयोनिक ५ मोडल उपलब्ध छन् ।
मोबिलिटी एक्स्पोमा हुन्डाईको स्टल नम्बर एल ४ रहेको छ ।
