आइतबार २१ मंसिर, २०८२

नाइमा मोबिलिटी एक्स्पोको पहिलो दिन १५ हजारले गरे अवलोकन

नाइमा मोबिलिटी एक्स्पोको पहिलो दिन १५ हजारले गरे अवलोकन

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन ९नाइमा० द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’को  पहिलो दिन १५ हजारले अवलोकन गरेका छन्।

उप प्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गरेसँगै बुधबार ९आज० बाट सुरू भएको एक्स्पोमा  १५ हजारले अवलोकन गरेको नाइमाले जनाएको छ। 

नाइमा एक्स्पो समितिका प्रमुख शिरिष कुमार मुरारकाले पाँच दिनसम्म चल्ने एक्स्पोको पहिलो दिन उत्साहपूर्ण सहभागिता भएको बताए। 

उनले पहिलो दिनै १५ हजार अवलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको मुरारकाले जानकारी दिए।  नाइमाले पाँच दिनसम्म चल्ने एक्स्पोमा ८० हजार अवलोकनकर्तले अवलोकन गर्ने अपेक्षा गरेको छ।  एक्स्पोमा २३ वटा चारपाङग्रे र १८ वटा दुईपाङ्ग्रे र ७ वटा कमर्सियल भेहिकल ब्राण्डका स्टल भए पनि बीवाईडीको सिंगल, महिन्द्राका दुईवटा ईभी बीई–६, ओमोड एण्ड जेको जे–५ लगायतका स्टलमा अवलोकनकर्ताको भीड लागेको थियो।