वाईसीएलका ५ पूर्वउपाध्यक्षलाई माओवादी वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी
काठमाडौं । नेकपा माओवादी केन्द्रले वाईसीएलबाट बिदा भएका पाँच उपाध्यक्षलाई वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ ।
हालैको स्थायी कमिटी बैठकको निर्णयको सर्कुलर पठाउँदै गोमनबहादुर मल्ल, केहर कुँवर, उमेश घोरासैनी, मञ्जु बम, सुदीप ढुंगानालाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरेको जानकारी गराइएको छ ।
विद्यार्थी मोर्चाका निवर्तमान पदाधिकारीहरूको सम्बन्धमा यसअघिको निर्णयबमोजिम केन्द्रीय प्रतिनिधि बनाइएकालाई सोही रूपमा यथावत कायम राख्ने, विद्यार्थी मोर्चाका अन्य निवर्तमान पदाधिकारीहरूको हकमा तात्कालीन विद्यार्थीसम्बन्धी कार्यदलको सिफारिसअनुसार प्रदेश सचिवालय समितिमा सिफारिस भएकाहरूको हकमा प्रदेश समितिमा यथावत राख्ने निर्णय पनि गरिएको छ ।
यस्तै, प्रदेश समितिमा सिफारिस भएकाहरूको हकमा प्रदेश प्रतिनिधिका रूपमा जिम्मेवारी दिने भएको छ ।
