आइतबार २१ मंसिर, २०८२

नाडा अटो शोमा हिरोका दुई हट-केक मोडल सार्वजनिक हुने

नाडा अटो शोमा हिरोका दुई हट-केक मोडल सार्वजनिक हुने

काठमाडौं । हिरोका दुई हटकेक मोडल नेपाली बजारमा सार्वजनिक हुने भएको छ ।

हिरोको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२५ मा एक/एक मोडलका मोटरसाइकल र स्कुटर सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले नेपाली बजारमा बहुप्रतिक्षित १२५ सीसी स्कुटर जुम १२५ र एक्सपल्स २१० मोटरसाइकल सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले जुम १२५ को नाडामा बिक्री सुरू गर्नेछ भने एक्सपल्स २१० प्रदर्शनका लागि मात्र राख्ने तयारी गरेको हो । हिरोको बहुप्रतिक्षित मोटरसाइकल एक्सपल्स २१० भने केही समयपछि मात्र बिक्री सुरू हुनेछ ।

त्यस्तै कम्पनीले भारतीय बजारमा केही दिन अघिमात्र बिक्री सुरू भएको जुम १६० समेत प्रर्दशन गर्ने अनुमान गर्न सकिन्छ ।

सीजी मोटर्सले ३ लाख ३० हजार रुपैयाँ हाराहारीमा जुम १२५ सार्वजनिक गर्ने अनुमान गर्न सकिन्छ । १२५ सीसी सेग्मेन्टमा बजार बढ्दै गर्दा हिरो जुम १२५ ले एनटर्क र रेजेडआर १२५ लाई राम्रै चुनौती दिन सक्ने देखिन्छ ।

यस्तो छ हिरो जुम १२५

हिरो जुम १२५ मा १२४.६ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कूल्ड इन्जिन उपलब्ध छ ।  यो इन्जिनले अधिकतम ९.८ ब्रेकहर्स पावर र १०.४ एनएमको टर्क जेनेरेट गर्छ । यो स्कुटरले ०-६० मात्र ७.६ सेकेण्डमा भेट्छ ।

हिरो जुम १२५ मा सबै एलईडी लाइटको प्रयोग गरिएको छ भने सेग्मेन्टमै पहिलो १४ इन्चको अलोय ह्वीलको प्रयोग गरिएको छ । यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेकको प्रयोग गरिएको छ । कम्पनीले यसमा स्मार्ट कनेक्ट फिचरका साथै डिजिटल स्पीडोमिटर दिएको छ । यसको अगाडी टेलिस्कोपिक र रियरमा मोनोशक सस्पेन्सन दिएको छ ।

यस्तो छ एक्सपल्स २१०

एक्सपल्स २१० मा २१० सीसी सिंगल सिलिण्डर, डीओएचसी, फोर भल्ब, एलसी, लिक्विड कुल्ड इन्जिन दिइएको छ । यसले अधिकतम २४.६ बीएच पावर तथा २०.७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ ।

यो मोटरसाइकलको फ्रन्टमा ४३ एमएम फुल्ली एड्जस्टेबल यूएसडी फर्क पाउन सकिन्छ भने रियरमा २०५ एमएम ट्राभल मोनोशक सस्पेन्सन उपलब्ध छ ।

यो मोटरसाइकलमा इन्ड्यूरो स्टाइल टेल सेङसन, स्वीचएबल डबल च्यानल एबीएस, ट्याकोमिटर, ओडोमिटर , गियर पोजिसन इन्डिकेटर र टर्न बाइ टर्न नेभिगेसन देखिने ४.२ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ ।

साथै, स्मार्ट कनेक्ट फिचर, अगाडि गोलो एलईडी हेडल्याम्प, विन्ड स्क्रीन, एलईडी टर्न इन्डिकेटर जस्ता फिचरहरू छन् ।