सोमबार २२ मंसिर, २०८२

तरलता अधिक भएपछि आज फेरि बैंकिङ प्रणालीबाट ६० अर्ब खिच्दै राष्ट्र बैंक

तरलता अधिक भएपछि आज फेरि बैंकिङ प्रणालीबाट ६० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबार वित्तीय प्रणालीबाट ६० अर्ब रुपैयाँ खिच्दैछ । केन्द्रीय बैंकले वित्तीय प्रणालीका अधिक तरलता व्यवस्थापन तथा अन्तर बैंक ब्याजदरलाई थप घट्न नदिन उक्त रकम खिच्ने भएको हो ।

केन्द्रीय बैंकले आइतबार निक्षेप संकलन उपकरण मार्फत ३१ दिन अवधिका लागि प्रणालीको ६० अर्ब माग गरेको छ । बैंक तथा वित्तीय संस्थाले तरलताको अवस्थालाई हेरेर बढी भएको मात्रै केन्द्रीय बैंकलाई दिनेछन ।

आइतबार बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकमा राखेको २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको स्थायी निक्षेप परिपक्क हुने भएकाले केन्द्रीय बैंकले उक्त निक्षेप संकलन जारी गरेको हो ।

गत साताको शुक्रबारसम्ममा वित्तीय प्रणालीमा करिब ६० अर्ब रुपैयाँ तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । साथै वित्तीय प्रणालीका धेरै भएको तरलता साढे ६ खर्ब बराबारको रकम केन्द्रीय बैंकमा छ ।