आइतबार २१ मंसिर, २०८२

‘नाडा अटो शो २०२५’को भव्य तयारी अन्तिम चरणमा, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

‘नाडा अटो शो २०२५’को भव्य तयारी अन्तिम चरणमा, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले ‘नाडा अटो शो २०२५’को तयारी अन्तिम चरणमा पुगेको छ । यतिखेर प्रदर्शनीस्थल भृकुटीमण्डपमा स्टल निर्माणको काम लगभग सकिने क्रममा छ । अहिले भृकुटीमण्डपमा अटो शोमा सहभागी हुने ब्राण्डहरुले स्टल निर्माणलाई तीव्रता दिइरहेका छन् ।

१९ चार पाङ्ग्रे, १३ लाइट कमर्शियल र ४ दुइ पाङ्ग्रे सवारी ब्राण्डसहित लुब्रिकेन्ट, टायर, स्पेयर पार्टस, ब्याट्री, बैंक तथा वित्तीय संस्थाका गरी कुल १२५ बढी स्टल रहने अटो शोमा नाडाले यसपाली ‘फ्लाइङ कार’ पनि प्रदर्शनी गर्दैछ ।

 नाडा अटो शो २०२५ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । १७औँ संस्करणको ‘नाडा अटो शो २०२५’ भदौ ३ गतेदेखी ८ गतेसम्म आयोजना हुँदैछ ।